२०८३ बैशाख १९ गते , शनिबार

प्रधानमन्त्री ओलीको गृह नगरमा एमालेको जागरण सभा

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ३० गते , शनिबार
प्रधानमन्त्री ओलीको गृह नगरमा एमालेको जागरण सभा

बिर्तामोड प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीको गृह नगर दमकमा आज एमालेको जागरणसभा हुँदैछ एमालेले कोशी प्रदेशस्तरीय जागरणसभा दमकमा गर्न लागेको हो 

राजावादीहरुको सक्रियता बढेका कारण संघीयता गणतन्त्र खतरामा परेको भन्दै सत्ताघटक एमालेको कोशी प्रदेश कमिटीले जनजागरण सभा गर्न लागेको प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने सभामा प्रदेशभरबाट एक लाख मानिस उतार्ने एमालेले जनाएको दमकको पशुहाटमा हुने सभामा कोशी प्रदेशका सबै जिल्लाबाट जनप्रदर्शनमा सहभागी हुने एमाले कोशी प्रदेश प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए जागरण सभाको अघिल्लो दिन दमकमा मोटरसाइकल र्याली आयोजना गरिएको थियो

कार्यक्रम गर्ने स्थलमै शुक्रवार गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि औला उठाउने तत्वलाई सशक्त खबरदारी गर्न सभाको आयोजना गरिएको जानकारी दिए

संघीयतामाथि खतरा महशुस गरेको एमाले संघीय राजधानीमा चैत्र १५ गते समाजवादी मोर्चाले गरेको विशाल जनसभामा भने सहभागी भएन

सम्बन्धित समाचार