२०८२ जेष्ठ ३२ गते , शनिबार

प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिताको उपाधि आकाश गजमेरलाई

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २३ गते , शनिबार
प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिताको उपाधि आकाश गजमेरलाई

बिर्तामोड नगरमा आयोजित प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिताको उपाधि आकाश गजमेरले जितेका छन्

बिर्तामोडका आकाश गजमेरले कनकाई नगरपालिकाका विशाल तामाङलाई पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेका हुन् आकाशले को सोझो सेटमा विशाललाई पराजित गरेका हुन् फाइनल खेल बेस्ट अफ इलिभेन फर्मेटमा सञ्चालित थियो

बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा आकाशले ४० जना प्रतिस्पर्धीलाई पछि पारेर उपाधिसँगै नगद २५ हजार ट्रफी पाए उनी हाइएस्ट ब्रेक (४८) बन्दै थप नगद हजार ट्रफी जित्न सफल भए

फर्स्ट रनरअप बनेका विशालले नगद ११ हजार ट्रफीमा चित्त बुझाए विजेता तथा उपविजेता दुवै जनालाई बिर्तामोड नगरपालिकाका कार्यवाहक प्रमुख नगेन्द्रप्रसाद संग्रौला, आयोजक समितिका अध्यक्ष विकास गिरी, बिर्तामोड का वडाध्यक्ष राहुल शर्मालगायतले पुरस्कार प्रदान गरेका थिए

बिर्तामोड को वडा खेलकुद विकास समिति सहआयोजक तथा बिर्तामोड स्नुकरको समन्वयमा आयोजित स्नुकर प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिइने खेल संयोजक विशाल अग्रवालले जनाएका छन्

सम्बन्धित समाचार