प्रेस सेन्टर नेपालमा को को भए सर्वसम्मत ?
काठमाण्डौ । नेतृत्व चयनका लागि भइरहेको प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनमा केही पदहरू सर्वसम्मत भएका छन् । चैत्र १६ बाट काठमाडौँको थापागाउँस्थित काठमाडौँ ब्याङ्क्वेटमा सुरु भएको महाधिवेशनमा उपाध्यक्ष खुला उपाध्यक्ष सहित केही पदहरू सर्वसम्मत भएका छन् ।
त्यस्तै तीन जाना खुल्ला उपाध्यक्षमा विवेक गौतम, लक्ष्मण खड्का र रामसिंह ठगुन्ना निर्विरोध चयन भएका छन् ।
समावेशी उपाध्यक्षमा दीपक श्रेष्ठ (जलन), उपमहासचिव (महिला)मा लक्ष्मी आचार्य, लेखा समिति संयोजकमा अमृतराज तिवारी र सचिवमा बसन्त गिरी चयन भएका छन् ।
अनुशासन समिति संयोजकमा गुनाराम घिमिरे र सचिवमा कृष्णप्रसाद शर्मा (लेकाली) निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षमा कमल गिरी र दीपेन्द्र रावलले मनोनयन दर्ता गराएका छन् भने अन्य पदहरूमा समेत आवश्यक भन्दा बढी सङ्ख्यामा मनोनयन भएको छ । उम्मेदवारी मनोनयन फिर्ता संशोधन र अन्तिम नामावली प्रकाशन भने बाँकी नै रहेको छ ।