बिर्तामोडमा स्नुकर प्रतियोगिता हुने

बिर्तामोड । नगरमा ‘प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता’ हुने भएको छ । चैत १८ गतेदेखि प्रतियोगिता हुने भएको हो ।
नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ४ खेलकद विकास समितिको सह–आयोजनामा वडा नम्बर ४ मा आयोजित यस प्रतियोगितालाई बिर्तामोड स्नुकरले समन्वय गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको लागि फारम खुलेको बिर्तामोड नगरपालिकाका खेल संयोजक विशाल अग्रवालले जानकारी दिए । ईच्छुकहरुले चैत १६ गतेसम्ममा फारम भरेर बुझाउनु पर्ने खेल उनले बताए । यसको फारम वडा नम्बर ४ को कार्यालय र बिर्तामोड स्नुकरमा उपलव्ध रहेको जनाईएको छ । प्रतियोगितामा नाम दर्ताका लागि १ हजार शुल्क तोकिएको छ ।
यस प्रतियोगिताको विजेताले २१ हजार र उप–विजेताले ११ हजार नगद र ट्रफी तथा मेडल प्राप्त गर्ने छन् । यस्तै हाइएस्ट ब्रेकरले ५ हजार रुपैयाँ नगर, ट्रफी तथा मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल चैत २३ गतेसम्म सञ्चालन हुने जनाईएको छ ।
नगरमै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा निस्शुल्क प्रवेशको व्यवस्था छ । प्रतियोगिताको कुल बजेट १ लाख ८० हजार रहेको आयोजकले जनाएको छ ।