२०८३ बैशाख १९ गते , शनिबार
राजा फर्काउने आन्दोलनको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईँलाई
झापा । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले दुर्गा प्रसाईंलाई विशेष जिम्मेवारी दिएको छ । राजसंस्था फर्काउन हालको व्यवस्था उल्टाउन लागि परेको नवराज सुवेदी नेतृत्वको समितिले दुर्गा प्रसाईँलाई विशेष जिम्मेवारी दिएको हो ।
समितिमा दुर्गा प्रसाईलाई कमाण्डरको जिम्मा दिइएको संयोजक सुवेदीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनी नेतृत्वको महाभियानले ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ गठन गर्नुपूर्व नै चैत्र १५ गतेदेखि सुरु हुने गरी आन्दोलन घोषणा गरेकाले आफ्नो समितिले अपनत्व लिएको सुवेदीले बताए ।