कांग्रेसनिकट नेपाल थारु संघ झापा गठन
झापा । नेपाली कांग्रेसनिकट जनवर्गीय संगठन नेपाल थारु संघ झापा गठन भएको छ । पहिलो अधिवेशनले पुष्पलाल चौधरीको अध्यक्षतामा समिति गठन गरेको हो ।
अधिवेशनले जिल्ला समितिको उपाध्यक्षमा लवकुमार चौधरी, सचिव हरिकुमार चौधरी, सहसचिवमा शेषलाल चौधरी र कोषाध्यक्षमा भगवान चौधरीलाई चयन गरेको छ । १३ सदस्यीय समितिको सदस्यहरुमा महादेव चौधरी, विष्णुकुमार चौधरी, मोतिलाल चौधरी, विष्णुकुमारी चौधरी, श्यामलाल चौधरी, मैनाकुमारी चौधरी, सुशिला चौधरी र राधा चौधरी रहेका छन् ।
त्यस्तै तेजनारायण चौधरी र राजनारायण चौधरी रहेको दुई सदस्यीय सल्लाहकार समितिसमेत गठन भएको छ । पुष्पलाल चौधरीको अध्यक्षता र नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि (सुनसरी) तथा नेपाल थारु संघकी केन्द्रीय सदस्य सुशिला चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ झापा क्षेत्र नं २ का अध्यक्ष लवकुमार चौधरीले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि सुशिला चौधरी, विशिष्ट अतिथि नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङ, थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य तेजनारायण चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन हरिकुमार चौधरीले गरेका थिए ।