२०८३ बैशाख १९ गते , शनिबार

सरकारको लाज छोपिदिन अदालत पुगिरहेको छु : रवि लामिछाने

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ८ गते , शुक्रबार
सरकारको लाज छोपिदिन अदालत पुगिरहेको छु : रवि लामिछाने

काठमाण्डौ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले बोले दुई तिहाइको सरकारलाई अप्ठ्यारो पर्ने भएकाले नबोलेर चुप बसेको प्रतिक्रिया दिएका छन्

शुक्रवार काठमाण्डौ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेपछि पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै समय आएपछि बोल्ने बताए

आवेग उत्तेजनामा छैन अहिले मैले बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला बोल्यो भनेर गाह्रो भएको पनि होला, जब बोल्ने समय आउँछ तब केहीको बोली नै बन्द हुने अवस्था आउँछ, लामिछानेको भनाइ   

उनले मुलुकमा गम्भीर अवस्था आएको पनि बताए तर उनले त्यो गम्भीर अवस्थाबारे भने खुलाएनन् बरु उनले अहिलेको सरकार नाङ्गिएको दाबी गर्दै सरकारको लाज छोपिदिन मात्र आफू विभिन्न जिल्ला अदालत पुगिरहेको सुनाए समय आउँदै , सबैलाई भन्न चाहन्छुगेट रेडी फर रेभुलेशन

सम्बन्धित समाचार