२०८३ बैशाख २० गते , आईतबार

एमाले रसुवा अध्यक्ष ढकालद्वारा पार्टी परित्याग

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २४ गते , शनिबार
एमाले रसुवा अध्यक्ष ढकालद्वारा पार्टी परित्याग

काठमाण्डौ संविधानसभा सदस्य समेत रहेका नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् शनिबार हिमालय टेलिभिजनलाई अन्तरवार्ता दिँदै ढकालले आफूमाथि चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गर्नुपरेको बताएका हुन्

रसुवालाई एमाले संगठनको नमुना जिल्ला बनाएको तर आफुमाथि जिल्ला ईञ्चार्जसहितका नेताबाट पटकपटक भौतिक आक्रमण असहयोग हुँदा केन्द्रले कुनै सुनुवाइ नगरेको ढकालको गुनासो

ढकालले पार्टीको समस्याबारे पार्टी केन्द्रीय महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज राजन भट्टराईलगायतका नेताहरूलाई जानकारी गराउँदा पनि समस्या सम्बोधनमा चासो नदेखाएपछि पार्टीबाट अलग हुनुपरेको प्रस्टीकरण दिएका छन्

ढकालले पार्टी बैठकहरूमा आफूमाथि पार्टी जिल्ला इञ्चार्जसहित नेताबाट चार पटकसम्म सांघातिक आक्रमणको गरेको पनि गुनासो गरेका छन् पार्टी अध्यक्षलाई घेराबन्दी गर्ने, काम गर्न नदिने गरेका कामहरूलाई जस नदिने प्रवृत्ति जन्मियो, यसबारे केन्द्रका महासचिव प्रदेश इन्चार्जलाई पनि भनियो, तर समस्या समाधानमा चासो भएन, ढकालले भनेका छन्, ‘रसुवामा जराकेन्द्रित अभियान रोकिएको किन रोकियो भनेर पनि मैले भनेको छु

आगामी दिनमा स्वतन्त्र नागरिकको हैसियतमा जनताकै बीचमा रहने ढकालले घोषणा गरेका छन्

सम्बन्धित समाचार