२०८३ बैशाख २० गते , आईतबार

एमाले मोरङमा केपी ओलीलाई धक्का, विनोद ढकाल पक्षका पदाधिकारी निर्वाचित

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २३ गते , शुक्रबार
एमाले मोरङमा केपी ओलीलाई धक्का, विनोद ढकाल पक्षका पदाधिकारी निर्वाचित

विराटनगर नेकपा एमाले मोरङको नेतृत्व चयनमा एमाले अध्यक्ष केपी ओलीलाई धक्का लागेको दशौं अधिवेशनबाट पदाधिकारीमा ओली समर्थित सबै पदाधिकारीले पराजय भोग्नु परेको हो

ओली पक्षलाई विनोद ढकाल पक्षले पराजित गरेको ढकाल पक्षबाट उम्मेद्वार बनेका पाँचै जना पदाधिकारी विजयी भएका हुन्

सार्वजनिक भएको मत परिणाम अनुसार ढकालले अगाडि सारेका अध्यक्षका उम्मेद्वार अजम्बर राईले ४४६ मत ल्याउँदा संस्थापन पक्षका राजकुमार ओझाले ४०७ मत मात्रै ल्याएका छन् यस्तै उपाध्यक्षमा ढकाल पक्षका सागर थापाले ४२२ मत ल्याउँदा संस्थापनकी शान्तिकुमारी लिम्बूले ३९१, सचिवमा ढकाल पक्षका सोमराज थापाले ४६२ मत ल्याउँदा संस्थापनका रविन थापाले ३६८ मत पाएका छन्

यस्तै उपसचिवमा ढकाल पक्षका सन्तोष वान्तवाले ४९० उषा झाले ४१८ मत ल्याउँदा संस्थापन पक्षका इर्जालाल राजवंशीले ३११ शिल्पा कार्कीले ४०५ मत ल्याएकी छिन् अधिवेशनमा सय ८८ मत खसेको थियो

निर्वाचन समितिले भने औपचारिक परिणाम घोषणा गरेको छैन जिल्ला समिति सदस्यहरुको भने मत परिणाम आउन अझै समय लाग्ने देखिएको

सम्बन्धित समाचार