२०८३ बैशाख २० गते , आईतबार

आफ्नो प्रभाव जमाउन कांग्रेस नेता शेखर कोइराला झापा आउँदै

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २१ गते , बुधबार
आफ्नो प्रभाव जमाउन कांग्रेस नेता शेखर कोइराला झापा आउँदै

बिर्तामोड   नेतृत्वको तीखो आलोचना पार्टी भित्रै प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका नेपाली कांग्रेसका नेता शेखर कोइराला झापा आउने भएका छन् कोइरालाको झापा भ्रमण तय भएसँगे पार्टी भित्र त्यसको चर्चा चुलिएको पार्टी महामन्त्री विश्वप्रकाश शर्मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्ला झापाबाट काठमाण्डौ फर्किएको एकसाता नबित्दै कोइराला झापा आउने भएपछि सो विषयले चर्चा पाएको हो  

आफ्नो छुट्टै गुटमार्फत सभापति देउवालाई टक्कर दिइरहेका नेता कोइराला १५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने उद्घोषका साथ देश दौडाहामा छन् त्यही सिलसिलामा उनी झापा आउन लागेका हुन् प्रभाव बिस्तारको आन्तरिक योजना अनुरुप नेता कोइराला दुई दिन झापा बस्ने  निकटस्थहरु बताउँछन्  

पूर्वमहामन्त्री सिटौला फागुन १५ गते कांग्रेस शिवसताक्षी नगर समितिले दुधेमा आयोजना गरेको  कार्यकर्ता भेला फागुन १७ गते बिर्तामोडमा आयोजित ठाकुर अनुकुलचन्द्रको १३७औँ जन्मोत्सवमा सहभागी भएर काठमाण्डौ फर्किएका थिए

यता महामन्त्री शर्मा फागुन १६ गते मेचीनगर प्रेस क्लबको पद हस्तान्तरण १७ गते धुलाबारी खानेपानीको २४औँ वार्षिक साधारण सभामा सहभागी भएर राजधानी फर्किएका थिए नेता सिटौला बुधबार (आज) ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान लाई सम्बोधन गर्न  सुदुरपश्चिमको कैलाली पुगेका छन् महामन्त्री शर्मा बिहीबार मकवानपुरमा आयोजित क्रियाशील तथा अगुवा कार्यकर्ताको भेलामा सहभागी हुने कार्यक्रम

पार्टीको १५औँ महाधिवेशनमा सभापति उठ्ने यसअघि नै घोषणा गरिसकेका नेता कोइराला २३ गते  शुक्रबार झापा आउने दुई दिन यतै बस्ने कार्यक्रम तय भएको उनी निकट तरुण दलका केन्द्रीय सदस्य नेत्र पौडेलले बताए पौडेलका अनुसार नेता कोइराला २३ गते झापा पार्टी नेतृत्व नेता, कार्यकर्तासँगको आन्तरिक छलफलमा व्यस्त रहने छन् नेता कोइरालाले २४ गते कांग्रेस जिल्ला पार्टी कार्यालय महानन्दचोकमा पूर्व आप्रवासी समन्वय विभागको कोशी प्रदेश स्तरीय प्रथम भेलाको उद्घाटन गर्ने कार्यक्रम यो भेलामा कोशी प्रदेशका १४ जिल्लाबाट पाँच÷पाँचजना सहभागी हुने विभागका कोशी प्रदेश संयोजक विज्ञान प्रसाईंले जानकारी दिए यो कांग्रेसको नयाँ विभाग हो  

रिटर्नीहरुको  कोशी स्तरीय पहिलो भेला नेता कोइरालाबाट उद्घाटन गराएर सिटौला, शर्मा पक्षलाई झापामा आफ्नो दर्बिलो उपस्थितिको सन्देश दिन कोइराला पक्षीय नेताहरू लागेको सहज अनुमान लगाउन सकिन्छ रिटर्नी भेला मार्फत शेखर पक्षले पार्टी सभापति उठ्ने योजनामा रहेका नेता सिटौलालाई गृहजिल्ला झापाबाटै रणनीतिक दबाब बढाउन चाहेको विश्लेषणसमेत गरिएको

बरियता विवादका कारण पार्टी नेतृत्वसँग असन्तुष्ट कोइरालाले कांग्रेसएमाले सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए   त्यसको पनि सम्मानजनक जस नपाएपछि कोइराला आफू आफ्नो टिमलाई थप सक्रिय बनाउन लागिपरेका छन् सोही सिलसिलामा उनी झापा आउन लागेका हुन्

सम्बन्धित समाचार