२०८३ बैशाख २० गते , आईतबार

कुलमान हटाइए सडक र सदनबाट आवाज उठ्छ : ज्ञानेन्द्र शाही

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २१ गते , बुधबार
कुलमान हटाइए सडक र सदनबाट आवाज उठ्छ : ज्ञानेन्द्र शाही

काठमाण्डौ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइए त्यसको विरोध हुने बताएका छन् बुधबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन्

कुलमान घिसिङलाई हटाउने जो प्रपञ्च गरिँदैछ मन्त्रिपरिषद्बाट निर्णय हुँदैछ भन्ने सुन्नमा आएको यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको ठानेर सडक सदन दुईवटैबाट आवाज उठ्छ,’ उनले भने

घिसिङले प्राधिकरणलाई नाफामा लगेको उनले स्मरण गरे

२०७२÷०७३ सालमा नेपाल विद्युत प्राधिकरण आठ ८९ करोड रुपैयाँको घाटनामा थियो अहिले २०८१÷०८२ को महिना अझै बाँकी प्राधिकरणको ११ अर्ब ३६ कुरोड फाइदामा ,’ शाहीले भने

नेपालबाट लोडसेडिङ हट्नुमा घिसिङको कार्य महत्त्वपूर्ण रहेको उनले बताए यस्तो व्यक्तिलाई कार्यसम्पादन मुल्यांकनमा शून्य नम्बर दिइएको भनेर पनि उनले प्रश्न उठाए

अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमान घिसिङलाई कारबाही मात्र होइन कि शून्य नम्बर दिने उहाँहरू (सरकार)को बस चल्ने हो भने भोलि पास हुनेलाई फेल फेल हुनेलाई पास यो कस्तो हो ?,’ शाहीले भने

साथै, उनले दशरथ रंगशालामा नेपाली नागरिकले कुटाइ खाएको भन्दै त्यसबारे प्रश्न उठाएका छन्

उनले खुलमखुल्ला जनतालाई कुट्ने अधिकार कसैलाई नभएको भन्दै त्यसबारे सरकारको ध्यानाकर्षण गराएका छन्

 

सम्बन्धित समाचार