२०८३ असार १३ गते , शनिबार

सुखानी हत्याकाण्डको ५२ बर्ष पूरा, मुठ्ठी उठाउन शाहदतस्थल पुग्दै कम्युनिष्ट नेता

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २१ गते , बुधबार
सुखानी हत्याकाण्डको ५२ बर्ष पूरा, मुठ्ठी उठाउन शाहदतस्थल पुग्दै कम्युनिष्ट नेता

बिर्तामोड पूर्वको चर्चित सुखानी हत्याकाण्ड भएको आज ५२ वर्ष पूरा भएको २०२९ साल फागुन २९ गते पञ्चायती शासनको विरुद्धमा आवाज बुलन्द गरिरहेका झापा आन्दोलनका पाँचजना अगुवालाई जेल सार्ने नाममा पञ्चायत सरकारले हत्या गरेको थियो

झापाको चन्द्रगढी कारागारबाट इलाम कारागार सार्ने भनेर लैजाने क्रममा इलामको माई नगरपालिका झापाको अर्जुनधारा नगरपालिका को संगमस्थल सुखानीमा उक्त हत्याकाण्ड भएको थियो

२०२८ सालदेखि सुरु भएको झापा आन्दोलन वामपन्थी आन्दोलनको मुख्य अंश हो निरंकुश पञ्चायती सरकारले ३४ वर्षीय रामनाथ दाहाल, २५ वर्षीय नेत्र घिमिरे, ३१ वर्षीय बिरेनसिंह राजबंशी, १८ वर्षीय कृष्ण कुइँकेल १७ वर्षीय नारायण श्रेष्ठलाई अड्डासार गर्ने बहानामा सुखानीमा लगेर क्रुरतापूर्वक हत्या गरेको थियो

हत्याकाण्डको स्मृति दिवस पारेर हरेक फागुन २१ गते सुखानीमा कार्यक्रम हुने गरेको बामपन्थी नेताहरु सो स्थानमा जाने सहिदको नाममा मुठ्ठी उठाउने, श्रद्धाञ्जली दिने काम प्रत्येक बर्षहुने कार्यतालिका नै हो बर्षमा एक पटक सो स्थानमा जाने बामपन्थी नेताहरुले सहिद परिवारको अवस्था बुझेका छन् शाहदतस्थलको विकासमा केहि गरेका छन् बरु वास्तविक शाहदतस्थललाई ओझेलमा पार्ने गरी अर्जुनधारा ११ मा पर्ने सालबारीमा सहिदहरुको पूर्णकदको शालिक निर्माण गरिएको नेकपा एमाले निकटका नेताहरुले प्रतिष्ठान नै गठन गरेर सालबारीस्थित सरकारी जग्गामा पार्क सञ्चालन गरेका छन्

सबै सहिदका परिवार आर्थिक हिसाबमा सम्पन्न छैनन् कतिले पढ्न सकेका छैनन् कति दीर्घ रोगी छन् कतिपय परिवार ऋणमा चुर्लुम्म डुबेको छ। सहिद हुनेहरुलेनै सबै लिएर गए बाँचेकालाई सरकारले के गरेको ?’ सहिद परिवारका एक सदस्य गुनासो गर्छन  

एक सहिद पत्नि भन्छिन्, ‘१९ वर्षको उमेरमा सिंदुर पुछिएपछि परिवार राजनीतिको जिम्मेवारी सम्मालेरै हिंडेकी छु तर सहिदका सपना स्मृति दिवसमा सालिकमा माल्र्यापण गरेर मात्र साकार हुने होइन उनका बलिदान त्यागले के खोजेका थिए भन्ने बारे पुर्नमुल्यांकन गर्ने बेला भएको

वामपन्थी आन्दोलनको अत्यन्तै महत्वपूर्ण स्थल सुखानीको विकासमा सरकारले चासो नदिएको सुखानी सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष विपिनकुमार चौहान गुनासो गर्छन सुखानीको विकासमा सरकारले चासो देखाएको छैन,’ उनले भने, ‘बरु सो स्थानलाई ओझेल पार्ने गरी अन्यत्रै सहिदको सालिक निर्माण गरि प्रचार गरिँदैछ राजनीतिशास्त्र, समाजशास्त्रका विद्यार्थीहरुलाई समेत भविष्यमा अध्ययन अनुसन्धानका लागि महत्वपूर्णस्थान रहेको सो सुखानीको विकास गरि पर्यटक भित्र्याउनसकिने प्रचुर सम्भावना रहेको चौहान बताउँछन्

सम्बन्धित समाचार