२०८३ बैशाख २० गते , आईतबार
‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक विमोचन
काठमाण्डौ । ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक विमोचन गरिएको छ । पत्रकार गणेश पाण्डेद्वारा सम्पादित उक्त पुस्तक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार आयोजित कार्यक्रममा उक्त पुस्तक विमोचन गरेकी हुन् ।
प्रधानमन्त्री एवम नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेका नेतृत्वदायी पहललाई केन्द्रमा राखेर सो पुस्तक तयार पारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वका लेख–रचनासमेत समावेश छ । सो पुस्तक अल्केमी प्रकाशनले प्रकाशित गरेको हो ।