२०८३ बैशाख २० गते , आईतबार

माओवादी नेताहरुको एकै स्वर– ‘हामी सच्चिन जनताको घर दैलोमा आएका हौँ’

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १२ गते , सोमबार
माओवादी नेताहरुको एकै स्वर– ‘हामी सच्चिन जनताको घर दैलोमा आएका हौँ’

बिर्तामोड सोमबार नेकपा माओवादी केन्द्रका नेताहरुले झापाको होचो भाग कचनकवलबाट एकै स्वरमा जनताको घरदैलोमा फर्किएको बताएका छन् जनतासँग माओवादी : तराई मधेश जागरण अभियान कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कचनकवल स्थित बनियानी चोकमा उनीहरुले अब माओवादी जनताको घरदैलोमा फर्किएको उद्घोष गरेका हुन्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र आफ्नो वर्ग, समुदाय मुद्धातिर फर्किंदै गरेको बताए माओवादी केन्द्र फेरी आफ्नो वर्गतिर, आफ्नो समुदायतिर, आफ्नो राजनीतिक मुद्धातिर फर्किँदैछ,’ उनले भने, ‘जहाँ जनतामा सामाजिक विभेद अझै कायम , उत्पिडन अझै कायम , त्यहि ठाउँतिर बाट नै फेरी एउटा नयाँ अभियान, नयाँ आन्दोलन सृष्टि गर्ने उद्धेश्यले नै पार्टीको सिंगो टिम नै तपाईहरुको अगाडी उपस्थित छौँ

त्यस्तै उपमहासचिव जनार्दन शर्मा प्रभाकरले समाजमा विभेद बाँकि भएको बताउँदै यो अवधिमा माओवादी थोरै अलमलिएको एजेण्डा छोडेको हो कि भन्ने आत्मसमिक्षा गर्दै जनताको बिचमा आएको धारणा राखे उनले पार्टीका नेताहरु केहि सुनाउन भन्दापनि जनताको कुरा सुन्न आएको बताए उनले जनताको आवश्यकताको नेतृत्व गर्ने हो भने माओवादी नेतृत्वको टीमले आफुलाई बदल्नु पर्ने बताए

कार्यक्रममा बोल्दै नेताहरु अग्नी सापकोटा, बर्षमान पुन, देव गुरुङ, पम्फा भुसाललगायतले पार्टीलाई बिचमा लागेको केहि धुलो हिलो पखाल्न जनताको घरदैलोमा आएको बताएका थिए कार्यक्रमका वक्ताहरुले झापाबाट कञ्चनपुरसम्म हुलाकी मार्ग आसपासका क्षेत्रका जनताको घरदैलोमा जाने, जनताको घरमा पाकेको खाने, उनीहरुको कुरा सुन्ने, समस्या बुझ्ने पार्टीलाई रुपान्तरण गर्ने, नीति निर्माण गर्ने आगामी चुनावमा माओवादीको एकल सरकार निर्माण गर्ने बताए

 

सम्बन्धित समाचार