२०८३ बैशाख २० गते , आईतबार

तराई मधेश जागरण अभियानको उद्घाटन आज

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १२ गते , सोमबार
तराई मधेश जागरण अभियानको उद्घाटन आज

बिर्तामोड । नेकपा माओवादी केन्द्रले आज झापाबाट 'जनतासंग माओवादी : तराई मधेश जागरण अभियान'को उद्घाटन गर्दैछ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको कचनकवलबाट अभियानको उद्घाटन गर्न लागेका हुन् ।
अभियान उद्घाटनका लागि उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत एक दर्जन नेताहरु शनिबार नै झापा आइसकेका छन् ।  आईतबार बिहान ९:३० बजे कचनकवलस्थित नेपाल कै होचो भागमा रहेको स्तम्भमा झण्डोत्तोलन गर्ने, राजवंशी विकास भवनमा सहिद परिवारहरूसँग भेटघाट गर्ने र दिउँसो १२ बजे बनियानीमा आयोजित बृहत् जनसभाका बीच अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नीले जानकारी दिए।
आजै दिउँसो ३ बजे बाह्रदशी गाउँपालिकाको राजगढस्थित राजवंशी चोकमा आयोजित जनसभालाई पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने र त्यसपश्चात झापा गाउँपालिकामा आयोजित कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका झापा इन्चार्ज रन्जित तामाङले जानकारी दिए ।
झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान कञ्चनपुरमा पुगेर समापन हुने बताइएको छ । 

सम्बन्धित समाचार