२०८३ बैशाख २० गते , आईतबार

तराई–मधेस अभियानमा सयौँलाई माओवादीमा प्रवेश गराइने

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन ५ गते , सोमबार
तराई–मधेस अभियानमा सयौँलाई माओवादीमा प्रवेश गराइने

विराटनगर नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुनेजनतासँग माओवादी, तराईमधेश जागरण अभियानका क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको

कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्र नम्बर प्रदेशले यस्तो दाबी गरेको हो उक्त अभियान १२ गते झापाको कचनकवलबाट सुरु भई हुलाकी राजमार्ग हुँदै कञ्चनपुरमा समापन गर्ने तय गरिएको

जसअन्तर्गत कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ सुनसरीमा एकएक दिन अध्यक्ष प्रचण्डसहितका सम्पूर्ण पदाधिकारीको टोली अभियानमा खट्ने माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले जानकारी दिए जसअनुसार फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीमा उद्घाटन हुने, बाह्रदशी गाउँपालिका झापा गाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको

फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने माओवादीले जनाएको यस्तै फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको

अभियानको क्रममा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव उपमहासचिवहरुसहितको केन्द्रिय टोली सबै कार्यक्रममा सहभागी हुने अध्यक्ष नेम्वाङले जानकारी दिए

यस्तै केन्द्रीय टोलीको विदाईपछि फागुन महिनाभरी हुलाकी राजमार्ग केन्द्रीत प्रदेशस्तरीय अभियान संचालन गर्ने उनले जानकारी दिए अभियान अवधिमा कम्तीमा हजार अन्य पार्टीका नेता तथा कार्यकर्ता सामाजिक व्यक्तित्वहरुलाई पार्टी प्रवेश गराउने लक्ष्य रहेको अभियानमा ०६४ मा माओवादीलाई मतदान गर्ने जनतासँग भेटघाट, स्वागत पुनःर्मिलन गराइनेछ,’ उनले भने

अभियानको क्रममा तराई चुरे जनसाङ्गीतिक अभियानसमाजवादी संस्कृति चेतना जागरणको लागि तराई चुरे अभियान समेत संचालन गरिने उनले जानकारी दिए अभियानकै क्रममा हिमाली पहाडी जिल्लाबाट बसाई सराइ वा अन्य कामको शिलसिलामा झापा, मोरङ, सुनसरी, उदयपुरमा रहेका पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरुलाई संगठित गर्ने, किसानका समस्याहरुलाई समाधान गर्न सहजीकरण गर्न पार्टीको केन्द्रीय सदस्य प्रदेशको नेतृत्व जनप्रतिनिधिहरुमार्फत कृषि मल, बिउ, प्रबिधि, सिंचाइ, कृषि उपजको बजारीकरण प्रशोधनलगायत समस्याको समाधान गर्न सहजीकरण गर्ने, भ्रष्टाचार, बेथिति, ढिलासुस्ती, कर छली, तस्करी अनियमितताविरुद्ध निगरानी भण्डाफोर अभियान चलाउने पनि उनले जानकारी दिए  

सम्बन्धित समाचार