दमकमा ९८७ जना माओवादी केन्द्रमा प्रवेश
दमक । जसपा नेपाल प्रदेश नम्बर १ का पूर्वअध्यक्ष एवं सामाजिक अभियन्ता प्रविण चाम्लिङसहित ९८७ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । झापाको दमकमा भएको माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन उद्घाटन तथा खबरदारी सभामा विभिन्न पार्टी परित्याग गरि उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरूमा जसपाका दमक नगरका पूर्वअध्यक्ष खेम दाहाल, उपाध्यक्ष अनिल तामाङ, दीपक न्यौपाने सहित पूर्व प्रदेश सदस्यहरू, याम लावतीसहितका जसपाका विभिन्न तहका नेता कार्यकर्ता, एमाले पूर्वजिल्ला सदस्य मेघप्रसाद दाहालसहित विभिन्न तहका नेता कार्यकर्ता, क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला सदस्य गोविन्द भट्टराईसहितका नेता कार्यकर्ता, राप्रपाबाट इन्द्रबहादुर तामाङसहितका नेता कार्यकर्ता, कांग्रेसबाट राजेश ठकुरीसहित विभिन्न तहका नेता कार्यकर्ता, रास्वपाका प्रेमप्रसाद दाहाल सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
दमन नगरपालिका वडा नम्बर ४ बाट मात्रै १२९ जनासहित नौ सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र दमक नगर अध्यक्ष रवि बस्नेतले जानकारी दिए । उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका हुन् ।