२०८३ बैशाख २० गते , आईतबार

तीन पालिकाले मुक्तिचोकमा मनाए जनयुद्ध दिवस

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १ गते , विहीबार
तीन पालिकाले मुक्तिचोकमा मनाए जनयुद्ध दिवस

बिर्तामोड । नेकपा माओवादी केन्द्रका तीनवटा नगर समितिले झापाको बिर्तामोडमा जनयुद्ध दिवस मनाएका छन् । नेकपा माओवादी केन्द्र बुद्धशान्ति, अर्जुनधारा र बिर्तामोड नगर समितिले संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका हुन्।
बिहिबार साँझ उनीहरुले बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरी ३०औं जनयुद्ध दिवस मनाएका छन् । नेपालको नक्सा भित्र हँसिया हतौडा चिन्ह निर्माण गरी दीप प्रज्वलन गरिएको थियो ।
माओवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्बाङको सभापतित्वमा भएको कोणसभामा बोल्ने अधिकांश वक्ताहरुले जनयुद्ध ऐतिहासिक भएको बताएका थिए । मुलुकको परिवर्तन र नेपाली जनताको मुक्तिका लागि २०५२ फागुन १ गतेदेखि सुरु भएको जनयुद्धका कारण मुलुकले छलाङ मारेको उनीहरुले बताए । उनीहरूले मुलुकमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था बदल्न भने अझै बाँकी रहेको उल्लेख गरे ।
कार्यक्रममा नेत्रविक्रम चन्द (विप्लव)  नेतृत्वको नेकपाका केन्द्रीय सदस्य अर्जुन पाण्डे, रिटर्नी सेन्टरका संस्थापक महासचिव भीम लकान्द्री, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वा, लक्ष्मी न्यौपाने (सरु) लगायतले सम्बोधन गरेका थिए। कार्यक्रम नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीका सचिव गणेश कालिकोटेले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार