२०८३ बैशाख २० गते , आईतबार

‘जनयुद्ध दिवस’ भव्यताका साथ मनाउन माओवादी केन्द्रको सर्कुलर

sajilo news
परिवेश मिडिया
२०८१ माघ ३० गते , बुधबार
‘जनयुद्ध दिवस’ भव्यताका साथ मनाउन माओवादी केन्द्रको सर्कुलर

झापा । नेकपा माओवादी केन्द्रले ‘जनयुद्ध दिवस’ भव्यताका साथ मनाउन मातहतका कमिटीमा सर्कुलर गरेको छ । बुधबार पार्टीका तर्फबाट मुख्य सचिव गणेशमान पुनले सबै कमिटीहरूलाई सर्कुलर पठाउँदै जनयुद्ध दिवस भव्यताका साथ मनाउन आग्रह गरेका हुन् । 
सम्पूर्ण समितिहरूले आ–आफ्नो ठाउँको सापेक्षतामा जनयुद्धको गौरवलाई अझ उच्चो पार्दै मनाउन सर्कुलरमा भनिएको छ । यस्तै जनयुद्धले उठाएका मुद्दाहरूलाई वास्तविक जनताका मुद्दाहरूसँग जोडेर मनाउन समेत सर्कुलर गरिएको पुनले बताए । 
माओवादीले जनयुद्धको ३०औँ वार्षिकोत्सव फागुन १ अर्थात बिहीबार मनाउँदैछ । 
२०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यस युद्ध समाप्त भएको थियो ।
माओवादीले जनयुद्धको ३०औँ वार्षिकोत्सव फागुन १ अर्थात बिहीबार मनाउँदैछ । 
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) २०५२ साल फागुन १ देखि सशस्त्र जनयुद्ध सुरु गरेको थियो । जुन २०६३ सम्म चलेको थियो । माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ यसको सुरुवात गरेको थियो । 

सम्बन्धित समाचार