२०८३ बैशाख २० गते , आईतबार
सामाजिक सञ्जाल विधेयकमा सत्ता घटक नेताकै विरोध
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक जस्ताको जस्तै पास नहुने बताएका छन् ।
सामाजिक सञ्जाल विधेयकसम्बन्धी लोकतन्त्रिक संवाद कार्यक्रममा बोल्दै उनले सरकारले पेस गरेको विधेयक कांग्रेसले जस्ताको तस्तै पास गर्न नदिने बताए ।
उनले भने, ‘यो विधेयक आवश्यक छ, हामी सरकारमा छौं भनेर फरक पर्दैन । हामीले सात बुँदे सहमति गर्दा सामाजिक सञ्जाललाई नियमन गर्ने भन्ने थियो होला नियन्त्रण गर्ने भन्ने होइन । कसैको अधिकारलाई बन्देजमा राख्नेगरी काम गर्न यो सरकार बनेको होइन । हामी छौं । संशोधनबेगर पास हुँदैन, ढुक्क रहनुस् ।’
उनले स्वतन्त्रताका नाममा सामाजिक सञ्जालबाट अर्को व्यक्तिहरुको चरित्र हत्या गर्नेलगायतका कुरा स्वीकार्य नभएको पनि बताए ।