२०८३ बैशाख २० गते , आईतबार

पास नहुने देखिएपछि अध्यादेश पेश गर्नबाट पछि हट्यो सरकार

sajilo news
परिवेश मिडिया
२०८१ माघ २४ गते , विहीबार
पास नहुने देखिएपछि अध्यादेश पेश गर्नबाट पछि हट्यो सरकार

झापा । संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन् ।
राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको हो  ।
सत्तारुढ दलका एक नेताका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची नै फेरिएको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई भेटेर प्रधानमन्त्रीको सन्देश सुनाएका छन् । लगत्तै दुवै सदनको कार्यसूची फेरिएको हो ।
‘प्रधानमन्त्तीले आज अध्यादेश अघि नबढाउने भन्नुभयो,’ कानुनमन्त्री चौरसियाले सभामुखलाई भनेको भनाई उद्धृत गर्दै एक नेताले भने ।
यसअघि आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो ।
जसमा प्रतिनिधिसभातर्फ कांग्रेस–एमालेको स्पष्ट बहुमत भएपनि राष्ट्रियसभामा जनता समाजवादी पार्टी नेपाल निर्णायक देखिएको छ । 

सम्बन्धित समाचार