२०८३ बैशाख २० गते , आईतबार

माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने

sajilo news
परिवेश मिडिया
२०८१ माघ १८ गते , शुक्रबार
माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने

बनियानी । नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रीत अभियान शुरु गर्ने भएको छ । केन्द्रले झापाको कचनकवल गाउँपालिकाबाट आगामी फागुन ३ गतेदेखि अभियान सञ्चालन गर्न लागेको हो ।  
पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप देशव्यापी रुपमा कचनकवलबाट ६ महिने अभियान शुरु हुन लागेको हो । हुलाकी राजमार्गदेखि शुरु हुने अभियान महाकाली पुगेर पुनः मदन भण्डारी राजमार्ग केन्द्रित भएर सोलुखुम्बुको सगरमाथाको फेदीमा समापन हुनेछ ।
हुलाकी राजमार्ग केन्द्रीत अभियानका लागि कचनकवलको बनियानीमा आज सम्पन्न माओवादी केन्द्र झापाको आठौँ पूर्ण बैठकले कार्यविभाजन समेत गरेको छ । पार्टी–कार्यकर्ता परिचालनदेखि गाउँ–नगर अधिवेशन सम्पन्न गर्ने लगायतका कार्य भइरहेको पार्टीका जिल्ला सचिव मोहन टुडूले जानकारी दिए ।
बैठकका प्रमुख अतिथि पार्टीका उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई मजबुत बनाउन नेता–कार्यकर्ता रुपान्तरण हुनुपर्नेमा जोड दिए । पार्टी भित्रका अन्तरविरोध हटाउनु पर्ने बताउँदै उनले सुधारात्मक अन्तरविरोध आवश्यक रहेको बताए ।
'पार्टीलाई मजबुत बनाउन सबै नेता–कार्यकताहरु तल्लो तहमा उत्रिएर वैचारिक रुपमा नागरिकलाई संगठित गर्नुपर्छ,' प्रदेश नं. १ का इञ्चार्ज समेत रहेका उहनले भनी, 'अब युवाहरु जाग्नु पनि जाग्नुपर्छ ।'
पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटीले गर्दा पार्टी कमजोर भएको उहनले उल्लेख गरे । 'बिरुवा आधुनिक भए पनि परम्परागत रुपमा मजलज गर्दा प्रतिफल पाउन सकिँदैन,' उनले भने, 'हाम्रो विचारमा सुधार गर्न नसक्दा पार्टी कमजोर भयो, त्यसलाई सुधार्नु पर्छ ।'
पार्टीका केन्द्रीय सदस्य इन्द्र आङ्बोले पछिल्लो माओवादी पार्टीप्रति जनाधार बढेको बताए । उनले उत्पादन र रोजगारीको क्षेत्रमा पार्टीले काम गर्नुपर्ने उनको भनाइ थियो ।
बैठकमा औचित्यमाथि प्रकाश पार्दै पार्टीका झापा इञ्चार्ज झलकसिंह दर्लामीले पार्टीलाई मजबुत बनाउन पार्टीले विशेष अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । अभियानलाई सफल बनाउन पार्टीलाई एकीकृत र केन्द्रीकृत बनाउने कार्ययोजना बनाइएको उनले बताए ।
पार्टीका जिल्ला समन्वय समिति झापाका अध्यक्ष राजु आचार्य (अग्नि) को अध्यक्षमा भएको कार्यक्रममा स्वागत पार्टीका कचनकवल गाउँपालिका अध्यक्ष सुकराज लिम्बूले गरहेका भने सञ्चालन जिल्ला सचिव मोहन टुडूले गरेका थिए ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने (सरु), रञ्जित तामाङ, हरिकुमार राना, ज्योतिसिंह दर्लामी, भजेन्द्र चापागाईं, लोकबन्धु कन्दङ्वा, केन्द्रीय अनुशासन आयोग सदस्य पूर्णसिंह राजवंशी, प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ लगायतको आतिथ्य रहेको थियो ।

सम्बन्धित समाचार