२०८३ बैशाख २० गते , आईतबार

बामदेवसँग पार्टी एकता गर्नुपर्ने कुनै जरुरत छैन : पृथ्वीसुब्बा गुरुङ

sajilo news
परिवेश मिडिया
२०८१ माघ ११ गते , शुक्रबार
बामदेवसँग पार्टी एकता गर्नुपर्ने कुनै जरुरत छैन : पृथ्वीसुब्बा गुरुङ

झापा । नेकपा एमालेका उपमहासचिव तथा सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले बामदेव गौतमसँग पार्टी एकता गर्नुपर्ने कुनै जरुरत नभएको जनाएका छन् । बिहीबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बामदेव गौतमसँग कुनै समूह नभएकाले एकताको कुनै आवश्यकता नभएको बताएका हुन् ।
‘बामदेव गौतमले जसरी पनि एमालेमा समाहित हुने चाहना व्यक्त गरेकाले पार्टी अध्यक्ष केपी शर्मा ओली आफैले कुरा गर्नुभएको हो, त्यो विषय पार्टी पदाधिकारीमा पनि छलफल भयो, हामीले एकताको कुनै जरुरी छैन भनेका हौं,’  उनले भने, ‘उहाँसँग साथ को को छ र ? एकताका लागि, एकताको त केही अर्थ हुन्छ होला नि, एमालेमा समाहित हुने भए हामी खुला छौ भनेका हौं, अध्यक्षले पनि त्यही कुरा गर्नुभएको हो ।’
नेता गुरुङले बामदेवलाई खरायो र एमालेलाई हात्तीको तुलना गर्दै त्यसमा एकता भन्ने कुरै नहुने प्रष्ट भएको बताए । उनले पार्टी अध्यक्ष र पदाधिकारी कसैले पनि बामदेवलाई कुनै पद दिने वा अरु कुनै शर्तमा ल्याउने कुरा नभएको र एमालेबाट त्यो संभावना पनि नभएको बताए ।

सम्बन्धित समाचार