२०८३ बैशाख २० गते , आईतबार

समाजवादी मोर्चामा तत्काल सहभागी नहुने उपेन्द्रको भनाई

sajilo news
परिवेश मिडिया
२०८१ माघ ५ गते , शनिबार
समाजवादी मोर्चामा तत्काल सहभागी नहुने उपेन्द्रको भनाई

लहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको बताएका छन् बलिदान दिवसका अवसरमा शनिबार लहानमा शहीदको प्रतिमामा माल्यापर्णपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्

अहिलेको अवस्थामा सहकार्य हुँदैन जोसँग सहकार्य गरेको उसैलाई पिँठ्यूमा छुरा रोप्ने राज्य शक्तिको प्रयोग गरेर पार्टी विभाजन गर्ने नेता किन्न भएपछि कुनै विश्वास छैन,’ यादवले भनेका छन्

समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको उनको भनाइ

अध्यक्ष यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेश आन्दोलनको पनि भूमिका रहेको जिकिर गरे

पछिल्लो समाजवादी मोर्चा सक्रिय बनाउन भन्दै नेताहरू छलफलमा जुटेका छन् असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपाल) विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए

उपेन्द्र भने मोर्चामा निष्क्रिय छन् मोर्चामा सक्रिय बनाउन उपेन्द्रलाई मनाउने जिम्मा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लिएका थिए

नेपालले यादवसँग छलफल अघि बढाए पनि सकारात्मक परिणाम आउन सकेको छैन

सम्बन्धित समाचार