२०८३ बैशाख २० गते , आईतबार

माओवादी नेताको सम्पत्ति छानबिन हुन्छ : प्रचण्ड

sajilo news
परिवेश मिडिया
२०८१ माघ ४ गते , शुक्रबार
माओवादी नेताको सम्पत्ति छानबिन हुन्छ : प्रचण्ड

विराटनगर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले आफ्ना केन्द्रीय सदस्यहरुले सम्पत्तिको स्रोत देखाउनुपर्ने बताएका छन् उनले आज विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै आफ्ना नेताहरुले गैरकानुनी आर्जन गरेको पाइए कारबाही गरिने बताएका हुन्

माओवादी केन्द्रको केही दिन अगाडि सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरुले सम्पत्ति विवरण बुझाउनु पर्नेसहितको प्रतिवेदन पारित गरेको थियो

अध्यक्ष प्रचण्डले नेताहरुले सम्पत्ति विवरण बुझाउनु पर्ने मात्रै नभएर सम्पत्तिको स्रोत पनि देखाउनु पर्ने गैरकानुनी ढंगले कमाएको देखिए कारबाही गरिने पनि बताए कारबाही गर्नकै लागि त्यो भनिएको हो हामीले पहिले पनि महाधिवेशनबाट पनि यो कुरा (सम्पत्ति विवरण बुझाउने कुरा) उठाएका थियौं त्यसलाई योजनामा ढालेका थिएनौं अहिले हामीले प्रदेश पदाधिकारी केन्द्रीय समितिको क्रमैसँग तलैसम्म सम्पत्ति विवरण बु्झाउने मात्रै होइन, त्यसको स्रोत खुलाउने, जिविका कसरी चलिरहेको परिवार परिवारको सदस्यको भनेर बुझ्न खोजेका छौं,’ उनले भने, ‘त्यो मात्रै होइन हामीले अनुगमनको लागि हामीसँग भएको शक्ति सम्पन्न लेखा आयोग त्यसलाई अनुगमनको जिम्मा पनि दिइसकेका छौं दोषी देखियो भने कारबाही गरिन्छ

उनले आफुले संसदबाटै त्यो कुराको प्रतिबद्धता गरेको पनि बताए मैले विश्वासको मत लिँदा संसदबाटै जनताप्रति प्रतिबद्धता जनाएको छु हामी हाम्रो वर्गतिर फर्किन्छौं, एजेण्डातिरै फर्किन्छौं काँग्रेस एमालेतिर लागेर देशलाई पनि फाइदा पनि भएन आन्दोलनलाई पनि फाइदा भएन भन्ने कुराकै त्यो अभिव्यक्ति हो,’ उनले भने

प्रचण्डले वर्तमान गठबन्धन अप्राकृतिक रहेको राजनीतिक दुर्घटनाको जोखिम रहेको पुनः दोहोर्याए यो गठबन्धन बनेदेखि नै मुलुकमा राजनीतिक दुर्घंटनाको खतरा बढेको सदन बोलाउनु पर्ने बेलामा अध्यादेश आएको त्यो पनि संविधान कानुन मिचेर ल्याइएको सदनमा छलफलको क्रममा रहेको विधेयकसँग सम्बन्धित विषय पनि अध्यादेश आएको त्यहि कारण विपक्षी सात राजनीतिक दलको बैठक बसेर त्यसको विरोधमा खडा भएका छौं यो अध्यादेश फिर्ता लिनु जरुरी किन भने दुई तिहाई भएको सरकारले सदनबाटै कानुन ल्याए भइगयो नि, सदनमा लगेर कानुन बनाए भयो नि तर, किन अवैध ढंगबाट ल्याइयो ?’ उनले भने

उनले आफुले सरकार ढल्छ नभनेको बताए सरकार जुन बाटोबाट हिंडेको त्यो असहज बाटो त्यसले लोकतन्त्र संविधानलाई दुर्घटनातिर लैजाने बाटोमा भन्ने कुरा हो अर्को कुरा सरकारमा जाने हतारो छैन सरकारको उल्टो यात्राले सरकार ढल्छ भनेको हो,’ प्रचण्डले भने, दुई तिहाईको अहंकार देखाउँदै जाने, संविधान मिच्दै जाने, अध्यादेशबाट शासन गर्दै जाने भ्रष्टाचारीलाई जोगाउँदै जाने हो भने सडकबाट ठूलो संघर्ष हुन्छ यो कुरा हामीले सरकारलाई चेतावनी दिएका हौं यो कुरा सरकारले बुझोस्, राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिलाई पनि बुझोस् भन्ने कुरा हो यो कुरा नबुझेर सरकारले हल्का रुपमा लियो भने सडकमा ठूलो आन्दोलनको परिस्थिति सिर्जना हुनसक्छ

सम्बन्धित समाचार