२०८३ बैशाख २० गते , आईतबार

गिरिबन्धु लगायत प्रकरणको फायल बन्द गर्ने गरी ल्याएको अध्यादेशको विपक्षी दलद्वारा विरोध

sajilo news
परिवेश मिडिया
२०८१ माघ ४ गते , शुक्रबार
गिरिबन्धु लगायत प्रकरणको फायल बन्द गर्ने गरी ल्याएको अध्यादेशको विपक्षी दलद्वारा विरोध

झापा । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले संसद् छलेर सरकारले अध्यादेश जारी गरेकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी सरकारको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो । 
‘अध्यादेश जारी गर्ने सरकारको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको छ । संसद्लाई छलेर दूरगामी असर पार्नेगरी ल्याएको यो अध्यादेशको विपक्षी दलहरूको तर्फबाट भर्त्सना गर्दछौँ’, पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले भने’, ‘सरकारको निरंकुश चरित्रका कारण आम जनतामा चरम निराशाजनक अवस्था छ । सरकारले भ्रष्टाचारी अभियानलाई पूरै अवरुद्ध गरेको छ । भ्रष्टाचारीलाई जोगाएको छ । भ्रष्टाचार बढाएको छ ।’
गिरिबन्धु टि–स्टेट र स्काउटमा भएका भ्रष्टाचारका फाइल बन्द हुन पुगेको वक्तव्यमार्फत प्रचण्डले आरोप लगाए ।

सम्बन्धित समाचार