२०८३ बैशाख २० गते , आईतबार

अखिल छाड्दै विद्यार्थी नेता

sajilo news
परिवेश मिडिया
२०८१ पौष २८ गते , आईतबार
अखिल छाड्दै विद्यार्थी नेता

हल्दिबारी । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका झापा जिल्ला उपाध्यक्ष अरुण तिमल्सिनाले जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन ।
हिजो पौष २७ गते मेची बहुमुखी क्याम्पसको ३५औं अधिवेशन समापन पछि राती १०:४५ बजे उनले उप्रान्त कुनै पनि पदमा नरहेको भन्दै सामाजिक संजालबाट घोषणा गरेका हुन ।
'प्रिय साथिहरु नमस्कार, बिगत १० बर्ष देखि म अनेरास्वियुको मेचि क्यामपसको सदस्य, सचिव हुदै जिल्ला कमिटि झापा सदस्य हुदै हाल म अनेरास्वियु जिल्ला कमिटि उपाध्यक्ष छु ! हालसम्म आफुले आफ्नो जिम्मेवारी आफ्नो विवेकले भ्याएसम्म निभाएकोमा सधै गर्व गर्दछु ! आज सम्म सहयोग गर्नुहुने सम्पुर्ण महानुभाव हरुप्रति सधै आभारि रहने छु ! आज मिति २०८१ पौष २७ गते (१०:४५ पिएम) बाट हाल रहेको पदमा अनि कुनैपनि जिम्बेवारिमा नरहेको घोषणा गर्दछु, धन्यवाद् !!, ग्रेटफुल फर द जर्नी, रेडी फर द नेक्स्ट च्याप्टर,' उनले लेखेका छन् ।
गुटगट राजनीतिले ग्रसित पार्टीको जिम्मेवारी भित्र बस्न मन नलागेका कारण तिमल्सिनाले सो घोषणा गरेको उनी निकट नेताहरु बताउँछन् ।
विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय रहेका तिम्सिनाले प्रारम्भिक  कमिटी सदस्यहुँदै अनेरास्ववियुको जिल्ला उपाध्यक्षसम्म जिम्मेवारी निभाएका थिए। यतिखेर तिमल्सिनाको निर्णयले एउटा तरङ्ग उत्पन्न गराएको छ ।
अनेरास्ववियु झापाका थुप्रै विद्यार्थी नेता कार्यकर्ताहरु वैदेशिक रोजगारकै शिलशिलामा जिम्मेवारी छाडेर गइसकेका छन।
अनेरास्ववियु झापा जिल्ला सह-सचिव महिला नेतृ पुजा सुवेदी डेनमार्क र अनेरास्ववियु झापाका पूर्व उपाध्यक्ष तथा हालका प्रदेश कमिटी सदस्य लक्ष्मी गौली जर्मनी गएका छन् ।
केही समय अगाडि झापाका जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा रहेका तपस दुलाल अष्ट्रेलिया लागेका छन । अनेरास्ववियुका जिल्ला सदस्य तथा हल्दिबारीका इन्चार्जसमेत रहेका विद्यार्थी नेता अभिषेक खतिवडापनि निष्कृय रहेका छन् ।
मेची बहुमुखी क्याम्पसका विद्यार्थी नेता आशिष खरेल, विवेक खतिवडा लगायतका नेता कार्यकर्तापनि नेतृत्वप्रति असन्तुष्ट रहेको बुझिएको छ । 

सम्बन्धित समाचार