२०८३ बैशाख २० गते , आईतबार

कचनकवलबाट काङ्ग्रेसले शुरू गर्दै जागरण अभियान

sajilo news
परिवेश मिडिया
२०८१ पौष २३ गते , मंगलबार
कचनकवलबाट काङ्ग्रेसले शुरू गर्दै  जागरण अभियान

बिर्तामोड । नेपाली काङ्ग्रेसले कचनकवल-सगरमाथा जागरण अभियान शुरू गर्दैछ । नेपालकै होचो भुभाग झापाको कचनकवलबाट पुस २४ गते (भोलि)  जागरण अभियान शुरू गर्न लागेको हो ।
नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा लगायत नेताहरूले सम्बोधन गर्ने अभियानमा कोशी प्रदेशका १४ जिल्लाका नेता कार्यकर्ता सहभागी हुने काङ्ग्रेस झापा क्षेत्र नम्बर ३ का सचिव गिताप्रसाद भट्टराईले जानकारी दिए ।
सयौं नेता कार्यकर्ताको उपस्थित रहने  अभियान कार्यक्रमले नेपालको होचो भुभाग कचनकवलको समग्र बिकासलाई समेत अगाडि पुर्याउन सहयोग पुग्ने बिश्वास लिएको भट्टराईले बताए ।
नेपालको होचो भुभाग कचनकवल स्थम्ब भएको ठाउँमा आयोजना गरिएको काङ्ग्रेसको जागरण अभियानले कचनकवल काङ्ग्रेस र काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि बिचको मत भिन्नताको अन्त्य हुने र कचनकवलको बिकासले काचुली फेर्ने बिश्वास लिएको छ ।
उक्त अवसरमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको आयोजकले जनाएकोछ ।

सम्बन्धित समाचार