२०८३ बैशाख २० गते , आईतबार

माओवादीले अघि सार्यो संविधान संशोधनका लागि चार विकल्प

sajilo news
परिवेश मिडिया
२०८१ पौष १९ गते , शुक्रबार
माओवादीले अघि सार्यो संविधान संशोधनका लागि चार विकल्प

झापा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधनका लागि चारवटा विकल्प अघि सारेको यसबारे शुक्रबार (आज) बसेको स्थायी समिति बैठकमा पनि छलफल भएको उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए 

माओवादीले अघि सारेको विकल्पहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सांसद मन्त्री बन्न नपाइने प्रतिनिधि सभामा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुपर्ने छन्

संविधान संशोधनका कुरा आउँदा हामीले यस्ता प्रस्तावहरू अघि सारेका छौँ, प्रवक्ता सापकोटाले भने

उनका अनुसार माओवादीले यी विकल्पबारे आइतबार (पर्सि)बाट सुरु हुने केन्द्रीय समिति बैठकमा पनि छलफल गर्नेछ यसबारे केन्द्रीय समिति बैठकमा पनि छलफल हुन्छ, उनले भने

नेताहरूले यी विकल्पहरूबारे केन्द्रीय समितिले निर्णय नै लिने बताए

सम्बन्धित समाचार