२०८३ बैशाख २० गते , आईतबार

कांग्रेस नेताहरुले सरकारको विकल्प खोज्दैछन् : वर्षमान पुन

sajilo news
परिवेश मिडिया
२०८१ पौष १२ गते , शुक्रबार
कांग्रेस नेताहरुले सरकारको विकल्प खोज्दैछन् : वर्षमान पुन

झापा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारसँग कांग्रेस एमालेकै नेताहरु वाक्क हुन थालेको बताएका छन्

रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री पुनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरुले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए

एमालेका नेताहरु आएर बीआरआई पनि भयो, अब कम्युनिष्टहरु मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ कांग्रेसका नेताहरु आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटाएउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ उहाँहरु विकल्पमा छलफल गरौं भन्न खोज्नुहुन्छ हामीले रहर गर्नुभएको बोक्नुस्, भनिरहेका छौं,’ उनले भने, ‘तर हामी कांग्रेसको विकल्प एमाले एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने बिचौलियाहरुको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहँदैनौं यो हाम्रो प्रतिबद्धता हो

पूर्वअर्थमन्त्री रहेका उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने बताए हामी ०८४ सम्म सरकारमा जादैनौं भनेका छौं सडक सदनबाट जनताका मुद्दा उठाउँछौं अब हामी समाजवादी गणतन्त्रको विकल्पसहित सरकारमा भएका स्थानीय तहहरुमा काम गर्छौं हिजो हामी क्रान्तिकारी शक्ति थियौं कांग्रेस, एमालेसँग मिल्दा उनीहरुजस्तै हो कि भनेजस्तो देखियो तर होइन हामी समाजवादी गणतन्त्रका लागि काम गर्छौं,’ उनले भने

सम्बन्धित समाचार