२०८३ बैशाख २० गते , आईतबार
कोशीको आन्तरिक तथा कानुन मन्त्रालयको जिम्मा भण्डारीलाई
झापा । कोशी प्रदेशको आन्तरिक तथा कानुन मन्त्रीको जिम्मेवारी नेकपा एमालेका रेवतिरमण भण्डारीले पाएका छन् । नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले शपथ ग्रहण गरेका छन् ।
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करी आरोप लागेपछि राजीनामा दिएका थिए । उनको राजीनामापछि रिक्त रहेको स्थानमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई आज मन्त्री नियुक्त गरेका हुन् ।