२०८३ बैशाख २० गते , आईतबार
मोरङको ग्रामथानमा माओवादी केन्द्रका माझी विजयी
बिर्तामोड । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझी विजयी भएका छन् । माझी ६९६९ मत सहित विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका बलराम सरदार थारुले ५३३३, नेकपा एमालेका तुलसी राम विश्वासले ४१५९ र राप्रपाका दिनेश कुमार थन्दारले ५५५ मत ल्याएका थिए । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका बलराम सरदार थारुले ५३३३, नेकपा एमालेका तुलसी राम विश्वासले ४१५९ र राप्रपाका दिनेश कुमार थन्दारले ५५५ मत ल्याएका थिए ।