कनकाई–६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी
बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी भएका छन् । उनी ४९३ मत प्राप्त गरी विजयी भएका हुन् ।
ओली २०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसको तर्फाबाट वडाध्यक्षमा विजयी भएका थिए भने २०७९ सालमा भएको निर्वाचनमा स्वतन्त्र उठेका ओली नेकपा एमालेका दीर्घबहादुर थापासँग पराजित बनेका थिए ।
ओलीका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका तुलाराम बस्नेतले ३५६, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ र नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ मत प्राप्त गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नारायणप्रसाद निरौलाले २६, मंगोल नेशनल अर्गनाइजेशनका पदमबहादुर (महेन्द्र) तामाङ्गले २०, जनमत पार्टीका शुकलाल राजवंशीले ९, नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले ६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दलबहादुर श्रेष्ठले २ मत प्राप्त गरेका छन् ।
कुल २०५८ जना मतदाता रहेको सो वडामा भएको उपनिर्वाचनमा १५१३ मत खसेको थियो ।