कनकाई–६ मा ७३.५१ प्रतिशत मत खस्यो
बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर ६ मा आज भएको उपनिर्वाचनमा ७१.५१ प्रतिशत मत खसेको छ ।
कुल २०५८ जना मतदाता भएको सो वडामा भएको उपनिर्वाचनमा १५१३ जनाले मतदान गरेको निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । मतदानको समय विहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको थियो ।
यो समाचार पारिरहँदा सर्वदलीय बैठक बसिरहेको र बैठकको निर्णयपछि मत गणना शुरु गरिने उनले बताए ।
वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि सो वडामा उपनिर्वाचन भएको थियो । वडाध्यक्ष पदका लागि ९ जनाले उम्मेदवारी दिएका थिए ।
नेकपा माओवादी केन्द्रबाट गणेशबहादुर थापा, नेपाली कांग्रेसबाट रामगोपाल ओली, नृकपा एमालेबाट तुलाराम बस्नेत, राप्रपाबाट नारायणप्रसाद निरौला, मंगोल नेशनल अर्गनाइजेशनबाट पदमबहादुर (महेन्द्र) तामाङ, जनमत बाट शुकलाल राजवंशी, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठ र स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली रहेका छन् ।