माग सरकारले सुनेन भने विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ : प्रचण्ड
किर्तिपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको दोहोर्याएका छन् ।
किर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अनुसन्धानको सुई अहिले अहिले सरकार सञ्चालन गर्नेहरुतिर फर्किएपछि आफू नेतृत्वको सरकार ढालिएको बताए ।
उनले भने, अहिलेको सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोज्दैछ । त्यसको फैसला जनताले सुनाउनेछ । जरुरी पर्यो भने हामी नयाँ आन्दोलनतिर पनि जानेछौं । हामीले प्रतिपक्ष दलको नेताको तर्फबाट होस् वा विपक्षी दलको तर्फबाट वक्तव्य दिइरहेका छौं । हाम्रो मागको सरकारले सुनुवाई गरेन भने हामी प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौं । त्यहाँबाट पनि लडाइँ छेडिनेछ । त्यहाँबाट पनि देशव्यापी अभियान चलाउनुपर्ने बाध्यता हुनसक्छ ।
उनले अहिले हुन लागेको उपनिर्वाचन भ्रष्टाचारको पक्षमा कि विपक्षमा भन्ने जनमतसंग्रह भएको बताए ।