२०८३ बैशाख २० गते , आईतबार

जागरण सभा आफुले आयोजना नगरेको एमाले मुख्यालयको भनाई

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ९ गते , आईतबार
जागरण सभा आफुले आयोजना नगरेको एमाले मुख्यालयको भनाई

बिर्तामोड मंसिर गते काठमाण्डौमा आयोजना गरिएको जागरण सभा आफुहरुले आयोजना नगरेको एमाले मुख्यालयले जनाएको आइतबार जरिवाना पत्र बुझाउन गएका महानगरको टोलीलाई कार्यक्रमको आयोजक आफु नभएको भन्दै एमाले मुख्यालयले पत्र बुझ्न अस्वीकार गरेको हो

गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै काठमाण्डौ महानगरले नेकपा एमालेलाई एक लाख जरिवाना तोकेर पत्र लेखेको थियो उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो

गत शुक्रबार एमालेका काठमाण्डौ, भक्तपुर ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो

महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ काठमाण्डौ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएको

एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली केहीबेर कार्यालय परिसरमा रोकिएर फर्किएको

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने तर्क गरेका छन्

सम्बन्धित समाचार