२०८३ बैशाख २० गते , आईतबार

एमालेले जागरणसभा दरबारमार्गमा सार्यो

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ५ गते , बुधबार
एमालेले जागरणसभा दरबारमार्गमा सार्यो

झापा नेकपा एमालेले जागरणसभा सभास्थल परिवर्तन गरेको यस अघि भृकुटीमण्डपमा गर्ने भनिएको जागरणसभा दरबारमार्गमा सारिएको हो

बुधबारजागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले विज्ञप्ति जारी गर्दै जागरणसभाको पूर्वनिर्धारित सभास्थलमा परिवर्तन गरिएको जानकारी दिएका हुन्   एमालेले उपत्यकाका काठमाण्डौ, ललितपुर भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा बिहीबार राजधानीमा जागरण सभाको आयोजना गर्दैछ

विज्ञप्तिमा भनिएको ,‘जागरणसभा अघि हुने र्याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरु भई सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने भएकाले सोही बमोजिम ट्राफिक व्यवस्था मिलाउन जागरण र््याली तथा सभामा सहभागी हुन सबैमा अनुरोध गरिन्छ

मुलुकमा फैलाउन खोजिएको अराजकता अस्थिरतालाई चिर्न जागरण सभा आयोजना गरिएको एमालेले जनाएको यता मुलुकको प्रधानमन्त्री नै अध्यक्ष भएको दलले सडकमा मानिस उतार्न लागिएको भन्दै आलोचनासमेत भइरहेको  

 

सम्बन्धित समाचार