२०८३ बैशाख २० गते , आईतबार

यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १ गते , शनिबार
यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड

काठमाण्डौ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्

शनिबार माओवादीको काभ्रे-काठमाण्डौ सम्पर्क समितिको भेलामा उनले आफूहरु प्रमुख विपक्षी दल रहेको यो सरकार तलमाथि भएमा आफूहरुकै सरकार बन्ने दाबी गरे

यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरुले उद्धेलित तरंगित भए होलान् मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला, प्रचण्डले भने, ‘अहिले पनि हाम्रो संख्या म्याजिक नै किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता हाम्रो पार्टी त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार भन्छ यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन

सम्बन्धित समाचार