२०८३ बैशाख २० गते , आईतबार

रवि लामिछानेमाथि कानुन बमोजिम कारबाही हुन्छ : प्रधानमन्त्री

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ९ गते , शुक्रबार
रवि लामिछानेमाथि कानुन बमोजिम कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम अपचलन मुद्दामा पक्राउ परेका रवि लामिछानेमाथि कानुन बमोजिम कारबाही हुने बताएका छन्

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा प्रधानमन्त्री ओलीले समान प्रकृतिको अपराधमा फरक निर्णय नहुने बताएका हुन्

सहकारीमा जुन काम गर्नु भएको छ (रवि लामिछानेबाट), त्यस्तै प्रकृतिको अपराधमा अरुलाई जस्तो कारबाही भइरहेको , त्यस्तै हुन्छप्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने

ती नेताका अनुसार रास्वपाका सभापति रवि लामिछानेको नाम नलिइकन सरकारले लिने निर्णयबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका थिए रवि लामिछानेको नामै लिनुभएन, तर समान प्रकृतिको मुद्दामा अरुलाई जस्तो कारबाही भइरहेको , रवि लामिछानेलाई पनि त्यस्तै हुने बताउनुभयो’, उनले भने

प्रधानमन्त्रीको निर्णयमा सत्ता साझेदार अरु कुनै नेताका पनि फरक मत भएन त्यसपछि सत्ता साझेदार दलहरुको संयुक्त बैठकमा यो विषय समावेश गरिएको उनी बताउँछन्

बैठकपछि जारी सात बुँदेको चौथो नम्बरमा रवि लामिछानेको विषय समावेश बक्तव्य मार्फत् सत्तारुढ दलहरुले रवि लामिछानेको पक्षमा भइरहेको सडक प्रदर्शनप्रति असहमति जनाएका छन्

पछिल्ला दिनमा अनुसन्धान अभियोजनको प्रक्रियालाई नै प्रभावित गर्ने उद्देश्यले गतिविधिहरु सुरु भएका छन्बक्तव्यमा भनिएको , ‘भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने न्यायालयमाथि दबाब दिने गतिविधिहरु लोकतन्त्र विधिको शासन बिपरीत कुरा हो यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति

सँगै सत्तारुढले संसदीय छानबीन समितिका सबै सुझाव निर्देशन कार्यान्वयन गर्ने विश्वास पनि दिलाएको सहकारी सम्बन्धी संसदीय छानबिन समितिका सबै सुझाव निर्देशन सरकारले कार्यान्वयन गर्नेछ’, बक्तव्यमा भनिएको

सम्बन्धित समाचार