२०८३ बैशाख २० गते , आईतबार

उपनिर्वाचन : तीन पालिकामा महिला उपप्रमुख अनिवार्य

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक १ गते , विहीबार
उपनिर्वाचन : तीन पालिकामा महिला उपप्रमुख अनिवार्य

झापा । दलहरुले नलगाढ नगरपालिका, गौरीशंकर र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउने पर्ने भएको छ ।
१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन तोकिएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।
काठमाण्डौको कीर्तिपुर नगरपालिका, मोरङको ग्रामनाथ गाउँपालिका र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पदमा उपचुनाव हुनेछ । तीनै पालिकामा उपप्रमुख महिला छन् । त्यसैले ती वटै पालिकामा दलहरुले महिला वा पुरुष उम्मेदवार बनाउन सक्छन् ।
जाजरकोटको नलगाड नगरपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, दोलखा र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपप्रमुखका लागि उपचुनाव हुनेछ । तीन वटै पालिकामा हाल प्रमुख पुरुष छन् । निर्वाचन आयोगको पछिल्लो निर्णयअनुसार तीन वटै पालिकाको उपप्रमुखमा दलहरुले महिला उम्मेदवार उठाउनुपर्ने छ ।
संविधान र कानुनको सकारात्मक व्याख्या गरेर महिलाको उम्मेदवारी सुनिश्चित गर्न यो निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
निर्वाचन कानुनमा प्रमुख वा उपप्रमुखमध्ये एउटा महिला उठाउनुपर्छ । त्यसअनुसार नै दलहरुले उम्मेदवारी दिएका थिए । तर अहिले एउटा मात्र पद रिक्त भएर उपचुनाव हुन लागेको छ । यसमा महिलाको उम्मेदवार अनिवार्य हुन्न ।
‘महिलालाई आरक्षण नगर्ने हो भने सबै पुरुष हुने र हिजो जितेको पद पनि गुम्नसक्ने भएकाले संविधान र निर्वाचन कानुनको सकारात्मक व्याख्या गरी महिलाहरुको उम्मेदवारी सुनिश्चित गर्न खोजिएको हो’, थपलियाले भने ।

सम्बन्धित समाचार