२०८३ बैशाख २० गते , आईतबार

गृह जिल्लामा राप्रपा अध्यक्ष लिङ्देनले पोखे सरकारप्रति असन्तुष्टि

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २५ गते , मंगलबार
गृह जिल्लामा राप्रपा अध्यक्ष लिङ्देनले पोखे सरकारप्रति असन्तुष्टि

बिर्तामोड राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारप्रति असन्तुष्टि पोखेका छन् मंगलबार गृह जिल्ला झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारसँग असन्तुष्टि पोखेका हुन्

उनले सरकारमा नेतृत्व गरेका दलहरू राज्यको सम्पत्ति दोहन गर्न मात्र लागिपरेको आरोप लगाए राप्रपा नेपाल झापाले बिर्तामोडमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै लिङ्देनले यस्तो आरोप लगाएका हुन् उनले सरकारमा सहभागी दलहरुले ३५ बर्ष यता राज्यको सम्पत्ति मात्र दोहन गरेको बताए  

हिजो बहुदलीय ब्यवस्थाका लागि लडेका दलहरु आज दुई दलीय ब्यवस्था मान्नुपर्ने स्थानमा आएका छन् उनले भने यतिबेला नेपाली कांग्रेस एमाले दुई दलीय ब्यवस्थाको पक्षमा पुग्नु भनेको अब बर्षौंसम्म राज्य स्रोतको दोहन गर्ने वातावरण बनाउनु मात्र हो

राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले आफ्ना मान्छे भर्ती गर्नका लागि संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुख इन्दिरा राना मगरलाई आचरण बिरुद्धको अभियोग लगाउने तयारी गरिरहेको आरोप लगाए

आफ्नै गृह जिल्लामा आएका लिङ्देनले सभालाई सम्बोधन गर्दै उपसभामुखलाई आचरण बिरुद्धको अभियोग लगाउने कुरा भइरहेको भन्ने सुन्दैछु, काँग्रेस एमाले त्यही मामिलामा लागेका छन् संवैधानिक परिषद्मा आफ्नो भाग पुर्याउन उनीहरूले यो काम गर्न लागेका हुन् यो सरासर गलत सरकारमा सहभागी दलहरुले यसलाई सच्याउनु पर्छ

एनसेल राजनीतिक दलका नेताहरुको दुहुनो गाई भएको आरोप लगाएका लिङ्देनले सरकारलाई स्वामित्व हस्तान्तरण गरेर जानुपर्ने एनसेललाई किस्ताबन्दीमा कर तिर्न पाउने सुविधा यो सरकारले दिएको हामीलाई एक दिन कर नतिर्दा फाईन लाग्छ, एनसेललाई त्यो सुविधा कसको इसारामा दिएको हो उनले प्रतिप्रश्न गरे

सम्बन्धित समाचार