२०८३ बैशाख २० गते , आईतबार
माओवादी अध्यक्ष प्रचण्ड २९ गते झापा आउने, ३० गते प्रशिक्षण
बिर्तामोड । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भदौ २९ गते झापा आउने कार्यक्रम तय भएको छ ।
प्रचण्ड बिर्तामोड आउन लागेको माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)ले पुष्टि गरे । उनले भने, ‘अध्यक्ष कमरेड भदौ २९ गते आउनु हुन्छ, ३० गते बिर्तामोडमा कार्यक्रम तय भएको छ ।’ कार्यकर्ता प्रशिक्षण भनिएपनि अन्य पार्टी परित्याग गरि राजनीतिमा चिनिएका व्यक्तिहरु पार्टी प्रवेश कार्यक्रम रहेको बुझिएको छ । कार्यक्रम बिर्तामोडस्थित सिटी सेन्टरमा हुने संयोजक आचार्यले जानकारी दिए ।
पार्टीले चलाएको पूर्वेली जनसंगठन सुदृढीकरण अभियानसँगै झापामा माओवादीको अवस्था सुधार हुँदै गएको अवस्थामा अध्यक्ष प्रचण्ड आउन लागेका हुन् । करिब ६ बर्षपछि अध्यक्ष झापा आउने भएपछि कार्यकर्ता उत्साहित भएका छन् ।