२०८३ बैशाख २० गते , आईतबार

प्रधानमन्त्री ओलीद्वारा प्रचण्डलाई देश विकासमा लाग्न आग्रह

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २२ गते , शनिबार
प्रधानमन्त्री ओलीद्वारा प्रचण्डलाई देश विकासमा लाग्न आग्रह

काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गरे शनिवार काठमाण्डौमा २१औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो आग्रह गरेका हुन्  

उनले देशमा हिंसा रहेको त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार व्यवस्थापन भएको बताए उनले माओवादी युद्ध महान थियो भने किन छोडेको, किन शान्ति प्रक्रियामा आएको भन्दै प्रश्न समेत गरे उनले महान जनयुद्ध भएको भए सफल हुनुपर्ने भन्दै जनआन्दोलन फेल नहुने बताए

ओलीले जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहरका लागि निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोजे देशले स्वीकार नगर्ने बताए झापा आन्दोलनताका आफूले लिएका नीतिहरु पनि सही नभएकाले बदलेर आएको भन्दै माओवादीले पनि हिंसा गरेको हिंसाको बाटो बदलेर शान्ति प्रक्रियामा आएको बताए

उनले भने, हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्यो केही मानिसहरुले त्यसलाई महिमा मण्डन गरेको सुन्छु त्यस्तो महान थियो भने किन छोडेको त्यो बाटो ? किन आउनुपर्यो शान्ति प्रक्रियामा ? त्यस्तो महान जनयुद्धै थियो भने सफल पार्नुपर्दथ्यो जनयुद्ध भन्ने चिज जनयुद्ध हो भने त्यो फेल हुँदैन जनआन्दोलन हो भनेपनि त्यो फेल हुँदैन जन भइसकेपछि त्यो फेल हुँदैन अब जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहर, निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ बाटो बदल्नुपर्छ

अध्यक्ष ओलीले आफुहरुले पनि झापा आन्दोलनताका लिएका नीतिहरु बदलेर अघि बढेको बताए उनले भने, मैले पनि झापा आन्दोलनताका जुन नीतिहरु लिएको थिएँ, त्यो सही नीति भएनछ अगाडि बढ्ने बदलियो सही भएन बदल्नुपर्छ त्यस्तै अरुले चलाएका अनावश्यक हिंसा आदि पनि छोड्नुपर्छ बदल्नुपर्छ बदल्नुपर्दथ्यो, बदलियो पनि हिंसाको महिमा मण्डन गरेर हामी अघि बढ्न सक्दैनौँ त्यसले फेरि खतरा ल्याउँछ

सम्बन्धित समाचार