२०८३ बैशाख २० गते , आईतबार

झापाली पुराना माओवादी नेतामाथि पुलामीको प्रहार

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १९ गते , बुधबार
झापाली पुराना माओवादी नेतामाथि पुलामीको प्रहार

बिर्तामोड योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपालका केन्द्रीय सचिव डम्बर पुलामी मगर (कर्मा)ले झापाका पुराना माओवादी नेतामाथि खरो प्रहार गरेका छन् अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन झापाको जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य राख्दै झापामा लामो समयसम्मपनि पार्टी बन्न नसकेको भन्दै उनले नेताहरु माथि प्रहार गरेका हुन्

झापामा पार्टी भित्र भएको गुटका कारण पार्टी बन्न नसकेको तर्फ इङ्गित गर्दै उनले असन्तुष्टि व्यक्त गरे उनले केन्द्रीय तहमा रहेका झापाका पुराना नेताहरुलाई १७ बर्षमा झापाको माओवादीलाई कहाँ पुर्याउनु भयो ? भन्दै प्रश्न गरे गुटका कारण माओवादी आन्दोलन अगाडी बढन् नसकेको भन्दै पुलामीले यसको अन्त्य हुनु पर्ने बताए मुखमा राम राम बगलीमा छुरा, वरतिर एउटा कुरा अलि परतिर गयो अर्कै कुरा, उनले भने । पुलामीले बोलिरहँदा हलमा भने उनको समर्थनमा चर्को हुटिङ चलिरहेको थियो । 

विद्यार्थीहरु सचेत वर्ग भएकाले माओवादी आन्दोलन, अभियान सिद्धान्तलाई जनतासम्म पुर्याउन उनीहरुले सक्ने पुलामीले धारणा व्यक्त गरे । माओवादी पार्टीलाई पुनर्जागरण गरी अग्रस्थानमा ल्याउनका लागि विद्यार्थीहरुलाई लागि पर्न आग्रह गर्दै वाइसीएल नेपालले त्यसमा सहयोग गर्ने पुलामीले बताए

माओवादी अभियान झापामा सकारात्मक दिशातर्फ अगाडी बढीरहेको भएपनि नेताहरु एउटै मञ्चमा भने देखिँदैनन् केन्द्रिय कमिटिमा रहेका पुराना माओवादी नेताहरु झलकसिंह दर्लामी (सन्देश), धर्मशिला चापागाईलगायतको टिम जिल्ला संयोजक राजु आचार्य (अग्नी)को टिमसँग एउटै कार्यक्रममा खासै देखिँदैनन् पछिल्लो समय जनवर्गीय संगठनका विभिन्न कार्यक्रम झापामा भइरहँदा पनि पार्टीका झापा इञ्चार्जसमेत रहेका सन्देश नेतृ चापागाईको खासै उपस्थिती नहुने एक नेताले बताए  

 

 

सम्बन्धित समाचार