२०८३ बैशाख २० गते , आईतबार

कोशीमा पहिलो पटक माओवादी प्रतिपक्षी भूमिकामा

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १४ गते , शुक्रबार
कोशीमा पहिलो पटक माओवादी प्रतिपक्षी भूमिकामा

बिर्तामोड कोशी प्रदेशसभामा नेपाली कांग्रेस सत्तापक्षमा नेकपा माओवादी केन्द्र प्रतिपक्षी बेन्चमा बसेको शुक्रबार प्रदेशसभा बैठकअघि कांग्रेसले सरकारलाई समर्थन गरेको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच कांग्रेस सरकारमा सहभागी भएपछि मात्र प्रदेशसभा बैठक बस्ने समझदारी थियो तर कांग्रेसभित्र आन्तरिक भागवण्डा नमिल्दा मन्त्रीको नाम दिन सकेन

कोशीको मन्त्रिपरिषदमा कांग्रेसका चार नेकपा एमालेका मुख्यमन्त्रीसहित जना रहने दुई दलबीच सहमति तर कांग्रेस भित्र शेखर कोइराला पक्ष कृष्णप्रसाद सिटौला पक्षलाई एकएक वटा मन्त्रालय दिने संस्थापन पक्षको तयारी थियो

शेखर कोइरालाले नमानेपछि कांग्रेसले सरकारमा सहभागी हुने नाम दिन सकेन १६ भदौमा बस्ने केन्द्रीय समिति बैठकपछि सरकारमा मन्त्री पठाउने कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए

शुक्रबार प्रदेशसभामा बोल्ने क्रममा कांग्रेस सांसद केदार कार्कीले सत्तापक्षमा बस्न सरकारमा सहभागी नै हुनु नपर्ने बताए सरकारमा मन्त्री नै जानु पर्दैन, अहिले भएका मन्त्री पनि आजदेखि हाम्रै मन्त्री, मुख्यमन्त्री पनि हाम्रै मुख्यमन्त्री हुन्, उनले भने

राजनीतिक विश्लेषक कृष्ण पोखरेल सरकारलाई समर्थन गरेर सत्तापक्षमा बस्नु सामान्य भएको बताउँछन् सत्तापक्षमा जाने निर्णय गरेर सत्तापक्षमा बस्नु सामान्य हो, उनले भने, सरकारमा सहभागिताको विषय दलको आन्तरिक हो

प्रदेशसभाको दुई कार्यकालमा तीन पटक प्रतिपक्षमा बसे पनि माओवादीले पहिलो पटक प्रमुख प्रतिपक्षी भूमिका पाएको

माओवादी केन्द्रले सरचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएको नयाँ संसदमा कहिले पनि प्रतिपक्षको भूमिका देख्न पाइएन, रहेन, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले, हाम्रो पार्टीले रचनात्मक प्रतिपक्षको वास्तविक भूमिका निर्वाह गर्छ

उनले कांग्रेस एमालेलाई मिलेर सरकार चलाउन आग्रह गर्दै आफूहरु प्रदेशसभाको बाँकी अवधि प्रतिपक्षमा बस्ने बताए दुईवटा झगडिया दलहरू मिलेर सरकार चलाउँदै हुनुहुन्छ, तपाईंहरू ०८४ सम्मै सरकार चलाउनुस्, उनले भने, जनताको पहरेदार भएर हामी अगाडि बढ्न चहान्छौं, यही भूमिका हामीलाई २०८४ सालसम्म रहन दिनुस्

सम्बन्धित समाचार