२०८३ बैशाख २० गते , आईतबार

उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै सभापति देउवा

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ११ गते , मंगलबार
उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै सभापति देउवा

झापा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका छन् सभापति देउवाले आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा उनीहरुसँग छलफल गर्न लागेका हुन्

सभापति देउवा निकट एक नेताले दिएको जानकारी अनुसार बिहान ११ बजे हुने छलफलमा केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउने प्रयास हुनेछ

विश्वजीको एक्जीट पोलीसी निर्वाचन अघिको गठबन्धनको विषयमा छलफल हुनेछ सभापतिज्यूले यसलाई परिमार्जन गराउन छलफल बोलाउनुभएको हो‚’ देउवा निकट नेताले भने महामन्त्रीद्वयसँग छलफल सकेपश्चात् देउवाले पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन् पहिला महामन्त्रीसँग छलफल सकेर पदाधिकारी बस्ने भन्नुभएको थियो सायद त्यस्तै हुन्छ होला‚’ ती नेताले भने

कांग्रेसले भदौ १२ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको एक पटक राष्ट्रपति पटक प्रधानमन्त्री पटक मन्त्री पटक सांसदको प्रस्तावलाई संस्थापन पक्ष इतर समूहका नेताहरूले पनि रुचाएका छैनन् यस्तै अर्का महामन्त्री गगनकुमार थापाले कांग्रेसले रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्तावमा पनि संस्थापन पक्षले आपत्ति जनाएका छन्

यी दुई विषयमा विवाद हुँदा साउन साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक साउन २८ देखि भदौ गतेसम्म बैठक स्थगन भएको थियो भदौ मा बसेको बैठकमा पनि सहमति नजुटेपछि १२ गते सम्मका लागि बैठक स्थगन गरिएको थियो बैठक बस्नु अगावै सहमतिको प्रयासमा सभापति देउवा जुटेका हुन्

कांग्रेसले केही समय अघि ललितपुरको गोदावरीमा आयोजना गरेको महासमिति बैठकको प्रस्ताव पास गराउन अहिले केन्द्रीय समिति बैठक बोलाएको हो तर विवादका कारण महासमितिमा प्रस्तुत प्रतिवेदनहरू पारित हुन सकेका छैनन्

महाससमितिमा उपसभापति खड्काले नीति प्रस्ताव महामन्त्री थापाले सांगठनिक प्रस्ताव, महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए यी प्रतिवेदनहरू पास भएका छैनन् महासमितिमा पनि एक्जीट पोलीसी चुनाव अघिको गठबन्धनमा विवाद हुँदा केन्द्रीय समितिले प्रतिवेदन पारित गर्नेगरी बैठक समापन भएको थियो सोही विषय केन्द्रीय समितिमा पनि विवादमा परेको हो

सम्बन्धित समाचार