२०८३ बैशाख २० गते , आईतबार

मुकुल ढकाललाई रास्वपाले साधारण सदस्यबाट हटाउँदै

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १० गते , सोमबार
मुकुल ढकाललाई रास्वपाले साधारण सदस्यबाट हटाउँदै

झापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले  साधारण सदस्यबाट समेत निलम्बन गर्ने भएको यसको औपचारिक निर्णय मंगलबार बस्ने केन्द्रीय समिति बैठकले एक नेताले जानकारी दिए  

पार्टी अनुशासन आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री प्रवक्ता पद खोसेको थियो उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो तर त्यसबिचमा  ढकालले निरन्तर पार्टी सभापति रवि लामिछाने, उपभापतिद्वय स्वर्णिम वाग्ले डीपी अर्याल लगायत पदाधिकारी तथा केन्द्रीय नेताहरू विरुद्ध बोलेका थिए त्यी सबै विषयले पार्टीलाई हानी गरेको निष्कर्ष पार्टी अनुशासन आयोगले निकालेपछि उनलाई साधारण सदस्य पनि राख्न नहुने आवाज उठेको थियो

त्यसपश्चात् रास्वपाले उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो   अन्तिम पटक ढकाललाई रास्वपाको भदौ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो जवाफमा ढकालले सभापति रवि लामिछानेलाई अपराधी करार गरिछाड्ने भनेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णयमा पुगेको

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले कारबाहीबारे स्पष्ट जवाफ नदिएपनि मंगलबारको बैठकले आवश्यक निर्णय गर्ने बताए  

बैठक अगावै निर्णय यहीँ भन्न मिल्दैन तर, अनुशासन आयोगले हामीलाई आफ्नो विषय दिइसकेको हामीले विधान अनुसार सबै प्रक्रिया अवसर उहाँलाई दिएका छौँ, झाले भने के गर्छौँ भन्ने निर्णय भोलिको केन्द्रीय समिति बैठकले गर्छ

मंगलबार बिहान बजे बस्ने केन्द्रीय समिति बैठकका लागि समसामयिक पार्टी गतिविधि, राष्ट्रिय भेलाको तयारी, अनुशासनात्मक कारबाही, स्थानीय छाया सरकार कार्यविधि विविध विषय गरी पाँच एजेन्डा राखिएको

सम्बन्धित समाचार