वाइसीएल बुद्धशान्तिमा पंकज शेर्पा
बुधबारे । वाइसीएल नेपाल बुद्धशान्ति अध्यक्षमा पंकज शेर्पा चयन भएका छन् । वाइसीएलको दोस्रो गाउँ अधिवेशनबाट शेर्पाको नेतृत्वमा ५१ सदस्यीय समिति चयन भएको हो ।
समितिको पदाधिकारीहरुमा बुद्ध मगर र ललित राई उपाध्यक्ष, महेश अधिकारी सचिव, उज्जवल चापागाई सहसचिव र रजनी मगर कोषाध्यक्ष रहेका छन् ।
कार्यक्रममा २ सय युवा पार्टी प्रवेश गरेको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)ले जानकारी दिए ।
पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशका पूर्व मन्त्री जीवन आचार्य प्रमुख अतिथी रहेको कार्यक्रममा केन्द्रिय सदस्य हरिकुमार राना, प्रदेश कमिटी सदस्यहरु सिपी कडरिया, रोशन कन्दङ्वा, दुर्गा चौलागाईं, प्रदेश सांसद बन्दना झाँगड, वाइसीएलका केन्द्रिय सचिव एवम् प्रदेश कमिटी इन्चार्ज कर्मा पुलामी, प्रदेश अध्यक्ष कुमार आचार्य, जिल्ला अध्यक्ष डेबिट शाहीलगायतको उपस्थिती रहेको थियो ।