२०८३ बैशाख २० गते , आईतबार

जनयुद्धमा सेल्टर दिने सम्मानित

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ८ गते , शनिबार
जनयुद्धमा सेल्टर दिने सम्मानित

भद्रपुर नेकपा माओवादी केन्द्र भद्रपुर नगर समितिले जनयुद्धताका आश्रय प्रदान गर्ने २१ जना आश्रयदातालाई सम्मान गरेको

नगर समितिले आज विशेष अधिवेशनको अवसरमा भद्रपुर नगर क्षेत्रका २१ जना आश्रयदाताहरुलाई सम्मान गरेको हो कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उनीहरुलाई सम्मान गरेका हुन्

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री किराँतीले भ्रष्टाचार सुशासनको प्रमुख शत्रु भएको बताए भ्रष्टाचारको अन्त्य नभएसम्म मुलुकको विकास सम्भव छैन, उनले भने, ‘भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा काम गर्दा माओवादी नेतृत्वको सरकार ढल्यो

२०४६ सालको आन्दोलन जनयुद्धले मात्र मुलुक पार्टी बन्न नसक्ने धारणा राख्दै उनले नयाँ पुस्ता युवाको चाहना अनुसार नीति कार्यक्रम पार्टीले बनाउनुपर्नेमा जोड दिए

माओवादी केन्द्रको नेतृत्वमा २०५२ साल फागुन गतेदेखि सञ्चालित १० वर्षे जनयुद्धको समयमा नेपालको राजनीतिक रुपान्तरणका लागि क्रान्तिकारी योद्धाहरुलाई सेल्टर (आश्रय) दिएर क्रान्ति सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले आश्रयदाता परिवारहरुलाई सम्मान गरिएको हो

कार्यक्रममा धनबहादुर लोप्चन, धनराज लिम्बू, गीतादेवी भण्डारी, पर्शुराम लुइँटेल, होमनाथ पोखरेल, बाबुलाल विश्वकर्मा, डब्लु तामाङ, बिक्रम सुब्बा, तुला थापामगर, शिवकुमार महतो, छत्रबहादुर राजवंशी, धोविन राजवंशी, तुलारामसिंह राजवंशी, ढकेन्द्रसिंह राजवंशी, रामप्रसाद अधिकारी, कृष्णप्रसाद खरेल, देवीप्रसाद खरेल, कुलप्रसाद खरेल, कमला राउतमहेश घिमिरे काँशीनाथ घिमिरेलाई सम्मान गरिएको थियो

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य झलकसिंह दर्लामी (सन्देश), पार्टीका झापा जिल्ला समन्वय समिति सचिव मोहन टुडू, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, नेपाली कांग्रेस जिल्ला सदस्य भक्त खवास, अनेमसंघ क्रान्तिकारी कोशी प्रदेश सदस्य शर्मिला खाती, नेकपा एसका सानुकुमार लामा राप्रपाकी सीता लम्सालले शुभकामना मन्तव्य राखेका थिए

माओवादी केन्द्र भद्रपुर नगर समितिका कार्यवाहक अध्यक्ष मेदनीप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य नरपति लिम्बूले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए नगर सचिव हंशधर राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव राजु दाहालले गरेका थिए

सम्बन्धित समाचार