२०८३ बैशाख २० गते , आईतबार

झापाको कनकाई-६ सहित ३४ पदका लागि उपनिर्वाचनको तयारी शुरु

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २९ गते , मंगलबार
झापाको कनकाई-६ सहित ३४ पदका लागि उपनिर्वाचनको तयारी शुरु

बिर्तामोड निर्वाचन आयोगले स्थानीय तहमा उपनिर्वाचनको तयारी सुरु गरेको झापाको कनकाई नगरपालिका वडा नम्बर को वडाध्यक्षसहित नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष गरी रिक्त रहेका ३४ पदका लागि उपनिर्वाचनको तयारी सुरु भएको जनाएको

कनकाई- का वडाध्यक्ष दीर्घबहादुर थापाको केहि समय अघि मृत्यु भएको थियो

आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि नामावली दर्ता गराउन आह्वान गरेको आयोगले मंगलबार विज्ञप्ति जारी गरी योग्यता पुगेका नेपाली नागरिकलाई प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फारम भरी नाम दर्ता गर्न अनुरोध गरेको हो

मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचन मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यस्था रहेको जनाउँदै आयोगले समयमै नाम दर्ता गर्न आह्वान गरेको हो

२०७९ साल वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि देशभरका नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष वडाअध्यक्ष गरी ३४ पद खाली रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख

सम्बन्धित समाचार